काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदबारे परेका उजुरीमा छलफल सुरू भएको छ।
बिहीबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यो विषय जटिल बन्दै गएको भन्दै निर्णयमा पुग्न नसक्ने र गहन अध्ययन आवश्यक रहेको भन्दै अर्को निर्णय नभएसम्म खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।
राजधानी बाहिर रहेका बाँस्कोटा समितिको बैठकमा अनुपस्थित छन्। समितिले सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ’खुला प्रतिस्पर्धा नगराई तीन देशलाई मात्र किन पत्राचार गरिएको’ भनेर प्रश्न गरेको छ।