काठमाडौं– बिहीबार विहान बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ।
दुई अध्यक्षबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडिओ प्रकरणबारे समेत छलफल भएकाे छ। ओली र प्रचण्डबीच मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले बतायो।
मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ् गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको छ। बाँस्कोटा भने सुदूरपश्चिममा छन्। उनी बिहीबार बिहान काठमाडौं फर्किँदैछन्।