काठमाडौं –संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएकाे छ। बैठक मंगलबार दिउँसो १ बजे बस्न लागेको संघीय संसदको महाचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन न्याय तथा संसदीय मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूचीमा रहेको छ।
यस्तै आजको बैठकमा विभिन्न विधेयक र प्रस्तावहरु पेश हुने कार्यसूचीमा उल्लेख छ।
