काठमाडौं – प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधव नेपालका बीच पार्टी्भित्र गोप्य भेटवार्ता गरेका छन्। पार्टी संगठनात्मक एकता र कार्यबिभाजनको विषयमा दुई नेता बीच खटपट पर्दै आएको छ।
एमसीसीको बिषयमा पार्टिभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि केन्द्रीय कमिटी बैठकबाट समेत अल्पमतमा परेका ओलीले आफ्नो समिकरण बलियो बनाउन माधव नेपालसँग सोमबार गोप्य भेटवार्ता गरेका हुन्।
यद्यपी, ओलीले मन्त्रिपरिषद् पुर्नगठनका लागि आफूले गरिरहेको तयारी तथा पार्टीका आगामी योजनाका विषयमा केन्द्रित रहेर माधव नेपालसँग कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
भेटका लागि ओलीले नेता नेपाललाई बालुवाटार निम्ताएका थिए। भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रादान गर्दै अघि बढ्ने बिषयमा २ नेताहरुबीच छलफल भएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयले अनैपचारिक भेटवार्ता भए पनि पार्टीको निर्णयमा पूर्वएमाले पंत्तिले रणनीति बनाएको अर्थमा भने बुझ्न नहुने बताइएकाे छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल कर्णाली प्रदेश भेलामा कार्यकर्ता प्रशिक्षणका लागि मंगलबार विहान ८ बजे त्यसतर्फ प्रस्थान गर्नुअघि ओलीले बालुवाटारमै नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ।