काठमाडौं– सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीकाे पदभार सम्हालेकी छन्।
उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन्।
त्यसपछि तुम्बाहाङ्फेले सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन्।