काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा उम्कन सम्भव नरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै निर्मला हत्याका दोषीले कानुनको कठघरामा उभिनै पर्ने बताएका हुन्। ‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन संभव छैन। दोषीले कानुनको कठघरामा उभिनै पर्छ,’ प्रधानमन्त्री ओलीले भने।
देशमा शान्ति सुरक्षाको अवस्था राम्रो हुँदै गएको प्रधानमन्त्रीले दाबी गरेका छन्। निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो।