काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लागेको हो।
बैठकमा क्रियाशील सदस्यता छानविन समिति गठन, उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दालगायतका विषयमा छलफल हुने कांग्रेसले बताएको छ।
गच्छदारलाई अख्तियारले मुद्दा लगाएपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र कानुन व्यवसायी उपस्थित बैठकले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको आरोप लगाएको थियो।
कांग्रेसका सांसदले विरोध गरेपछि तीन दिनसम्म संसद बैठक स्थगित भइसकेको छ। तरूण दल र नेविसंघले सत्ताको आडमा अख्तियारले विभेदकारी निर्णण गर्दै गच्छदारलाई मुद्दा लगाएको आरोप लगाउँदै आएका छन्।