काठमाडौं– प्रहरीले ललिता निवास जग्गा हिनामिना प्रमुख आरोपी शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विष्फोट गराउने ७ जनालाई पक्राउ गरेको छ।
प्रहरीको अनुसार पक्राउ पर्नेमा गोर्खा स्थायी ठेगाना भएका कपिल भट्ट रहेका छन्। उनिसँगै पक्राउ परेका अन्य ६ जनामा दैलेख घर भइ हाल नैकाप बस्ने भीम अधिकारी, विष्णुप्रसाद अधिकारी, हरीचन्द्र खड्का, दिनेश नगरकोटी, विकाश थापा, राजकुमार मगर रहेको प्रहरीले बताएको छ। नेत्र विक्रम चन्द(विप्लव) नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ १० गते ढकालको निवासमा बम विष्फोट गराउनुको साथै बालुवाटारमा रहेको ललिता निवासको जग्गामा बम राखेको थियो।
उनीहरू सबै विपल्व नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकर्ता हुन्।