काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) जनताको साझा पहिचान भएको बताएका छन्।
काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्दै ओलीले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गरे। १९ औं शिखर सम्मेलन चाँडो आयोजना हुने र सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास समेत उनले व्यक्त गरे।
सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको उल्लेख गरे। त्यसै क्रममा उनले सार्क सचिवालय परिसर ठमेलमा रूद्राक्षको विरूवा रोपेका थिए।