काठमाडौं – त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग पक्का भएको छ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावलीमा चुनाव हुनुभन्दा एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ। तर, त्रिविले चुनावको तालिका सार्वजनिक गरेको छैन। त्यतिमात्र होइन, स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ, तर रेक्टर पद हाल रिक्त छ। त्यसैले स्ववियु निर्वाचन फागुन १४ गते नहुने भएको हो।
त्रि.वि ले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले भने नेपाल विद्यार्थी संघ (नेविसंघ)ले समय मागेकाले स्ववियु चुनावको कार्यतालिका ननिकालिएको जनाए। ‘नेविसंघका नेताहरुले हामीलाई केही समय चाहियो भनेकाले कार्यतालिका निकाल्न सकेका छैनौं,’ थापाले भने, ‘काम अघि बढाउन विद्यार्थीहरुको सहमति आवश्यक छ।’