काठमाडौं – मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरेको छ। तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले भने साे स्मारक भत्काउनुपर्ने जनाएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेकाे बैठकमा उनले भने ‘नारायणहीटीमा गणतन्त्र स्मारक बनाउन हुँदैनथ्यो बनाइयो, त्यो गलत थियो,’ जुन अब भत्काउनु पर्छ।
२०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्र स्मारक शिलान्यास गरेका थिए भने सो स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन्।