काठमाडौं – स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीलाई राख्ने स्थानको खोजिको अन्तिम टुंगोमा पुगेको जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै स्वास्थ्य ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन गम्भिर भएर लागेको जनाए। चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्ने टुंगो लगाउन अन्तिम प्रयासमा रहेको उनले बताए।
मन्त्री ढकालले अहिलेसम्म नेपालमा १३ जनामा कोरोनाभाइरस संक्रमण भए र नभएको परीक्षण गरिएको बताएका छन्। आशंका गरिएका १३ जनामा परीक्षण गरे पनि एकजनामा पनि कोरोना संक्रमण नदेखिएको जानकारी मन्त्री ढकालले मंगलबार प्रतिनिधिसभा संसदमा दिएका हुन्।
संसद बैठकको शून्य समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले कोरोनाभाइरस संक्रमणबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने आवाज उठाएका थिए।