काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ। महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेकी छिन्।
यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गरिन्।
आजैकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद उपेन्द्रप्रसाद यादव र सांसद सुरेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिमा नाम थप गरिएको जानकारी दिए। यसैगरी सांसद मोहम्मद इश्तियाक राईको नाम सार्वजनिक लेखा समितिमा थप गरिएको उनले जानकारी गराए।