काठमाडौं– मंगलबार प्रतिनिधिसभा बंठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चीनमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका हुन्।
चीनको वुहानमा कोरोना भाइरस संक्रमण फैलिएको छ। त्यहाँ रहेका करिब दुई सय जना नेपालीले आफूलाई उद्धार गर्न आवेदन फाराम भरे पनि सरकारले उद्धार गरेको छैन।
‘छिमेकी देश चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएको छ। त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ?,’ उनले भने, ‘उद्धार र संक्रमण भेटिएमा नेपालमा उपचारको गर्न सक्ने तयारी कस्तो छ संसदमा जानकारी गराइयोस्।’