काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूको सम्पत्ति छानविन हुने भएको छ। आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन्।
त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ।