काठमाडौं– बुधबारदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आज समूहगत जारी रहेको छ।
विभिन्न १५ समूहमा विभाजित समूह काठमाडौँको राष्ट्रियसभागृह, धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा छलफलमा व्यस्त छन्। बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय सवाल, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को अनुमोदन, सीमा विवादलगायत विषय मुख्य सवाल छन्।
प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ। बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको छ। छलफलका निर्कष टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसका लागि समूहमा टोली नेताको चयन थालिएको छ। जसमध्ये अधिकांश जसो समूहले टोली नेताको चयन गरेका छन्। २ नम्बर समूहमा टोली नेताको चयनका लागि मतदान नै हुने तयारी भएको बेलामा अन्त्यमा सहमति जुटेको छ।
कुन समूहको टोली नेता को छानिए ?
१ नम्वर टोलीको नेता–उर्मिला अर्याल र आनन्द पोखरेल
२ नम्बरको टोली नेता– कमला रोका
३ नम्बर टोलीको नेता– खिमलाल भट्टराई
४ नम्बर टोलीको नेता– जगन्नाथ खतिवडा
५ नम्बर टोलीको नेता– ठाकुर गैरे
६ नम्बर टोलीको नेता–दिनानाथ शर्मा
७ नम्बर टोलीको नेता– पूर्णकुमारी सुवेदी
८ नम्बर टोलीको नेता– बिन्दा पाण्डे
९ नम्बर टोलीको नेता– भगवती चौधरी
१० नम्बर टोलीको नेता– पाँच जना चयन । (युवराज ज्ञवाली महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारी)
११ नम्बर टोलीको नेता– राजेन्द्र राई
१२ नम्बर टोलीको नेता –रेणु दाहाल
१४ नम्बर टोलीको नेता –राम कार्की
१५ नम्बर टोलीको नेता– लेखनाथ न्यौपाने