काठमाडौं – सभामुख अग्नि सापकोटाले आफुलाई डवल स्ट्याण्डर्ड जीवन मन नपर्ने जनाएका छन्। बिहीबार संसदीय पत्रकार समाजाले सिंहदरवारमा गरेको कार्यक्रममा सापाकोटाले सो कुरा भनेका हुन्।
उनले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि बताए। सापाकोटाले भने ‘सदनलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ। ‘सम्वाद र छलफलको वातावरण बनाएर नै अघि बढ्दा सवैलाई फाइदा हुन्छ’, उनले भने।