काठमाडौं– त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)तालिका सार्वजनिक गरेको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठन बैठक राखेर निर्वाचनको प्रस्ताव राखेको हो।
विश्वविद्यालयले मंगलबार आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, नेक्राविसंघ लगायतका संगठनले प्रस्तावित स्ववियु निर्वाचन तालिकाको स्वागत गरेका थिए।
त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा निर्वाचन गराउन विद्यार्थी संगठनले माग गरेका छन्। नेबिसंघ र विप्लव निकट क्रान्तिकारी संगठन भने बैठकमा गएनन्। नेविसंघले एकरदुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर गरेको भए पनि उपस्थित नभएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए।
निर्वाचन तालिकाअनुसार विश्वविद्यालयले स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनका लागि संघसंगठन समूह दर्ता गर्ने अन्तिम मिति फागुन ४ गते निर्धारण गरेको छ ।