काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन्।
देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटालाई बधाई तथा शुभकामना दिँदै प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्।
उनले सभामुख पद तटस्थ र निष्पक्ष हुने भएकोले पार्टीबाट उम्मेदवारी नदिएको जनाए। देउवाले शान्ति प्रक्रियाका कामहरू बाँकी रहेको उल्लेख गर्दै सभामुख सापकोटाबाट सहयोग रहने विश्वास गरे। त्यस्तै देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट पारित गराउनुपर्ने बताए।