काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट एमसीसी र थुप्रै विधेयक पारित गर्न बाँकी रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा संसदमा बोल्दै ओलीले एमसीसी संसदबाट अनुमोदनको प्रतिक्षामा रहेको बताएका हुन्।
संसदमा बोल्दै उनले अहिले संसदसमक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसिसिजस्ता कुराहरु पारित गर्न बाँकी छ। “स–साना कुरामा अल्झने होइन। अनावश्यक बहस गर्ने होइन। समय र विकासका गति समात्नै पर्छ। हामी ढिला भइसकेका छौं। त्यस्तै थुप्रै विधेयक पारित गर्न बाँकी छ र ऐन निर्माण गर्नु पर्नेछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ।