काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन्।
मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको भन्दै अहिले पनि निहुँमात्र नखोजेको बताए।
‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो। यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ उनले भने ‘म निहुँ खोज्नेमात्र व्यक्ति त होइन नि !’ कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिएको उनको भनाइ छ।
कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको कार्यशैलीका विरुद्धमा कांग्रेस एक भएर लड्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्न नहुने पौडेलले बताए।