कठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिएका छन्। मंगलबार (आज) प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिएका हुन्।
बधाइ दिदैँ उनले भने प्रधानमन्त्री भने ‘कार्यकाल सफल रहोस्। हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु।
त्यस्तै ओलीले सदनबाट एमसीसी र थुप्रै विधेयक पारित गर्न बाँकी रहेको बताए। संसदमा बोल्दै उनले अहिले संसदसमक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसिसिजस्ता कुराहरु पारित गर्न बाँकी छ। “स–साना कुरामा अल्झने होइन। अनावश्यक बहस गर्ने होइन। समय र विकासका गति समात्नै पर्छ। हामी ढिला भइसकेका छौं। त्यस्तै थुप्रै विधेयक पारित गर्न बाँकी छ र ऐन निर्माण गर्नु पर्नेछ, प्रस्तावहरु पारित गर्नुपर्नेछ।