काठमाडौं — प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन सुरु भएको छ। सम्बोधनमा प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने बताएका छन्। उनले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएको बताउँदै विधिता र बहुलता नेपालले छानेको व्यवस्था भएको बताए।