काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो नेविसंघका देउवा र सिटौला पक्षविच झडप भएको छ। नेविसंघका दुई समुहबीच झडप हुँदा दुईजना घाइते भएका छन्। अनसनमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थि कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गरेका थिए।
केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए। त्यसलगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको विद्यार्थी नेता मनिष सिंखडाले जानकारी दिए।
घाइतेलाई उपचारका लागि स्टार अस्पतालमा लगिएको बताईएको छ।