काठमाडौं – चिनियाँ राजदूत होउ यान्की र सभामुख अग्नि प्रसाद सापकोटाबीच सिंहदरबारमा भेट वार्ता भएको छ। चिनियाँ राजदूत होउ यान्कीले सभामुखको पदभार ग्रहण गरे लगत्तै सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी हुन।
भेटका क्रममा सभामुख सापकोटालाई राजदूत यान्कीले बधाई दिएकी छिन्। सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । आइतवार (हिजो) संसदबाट निर्विरोध निर्वा्चित भएका सापकोटाले आज (सोमवार) पद तथा गोपनियताको शपथ ग्रहण गरी पदभार सम्हालेका छन्।