कठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वािचत भएका छन्। सभामुखका लागि सापकोटाकाे एकमात्र उम्मेद्वारी परेकाेले उनी निर्विराेध निर्वाचित भएका हुन्।
सभामुखमा चयन भएसँगै सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्री ओलीले सापकोटालाई दिए बधाई दिए। सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख ओनसरी घर्तीले खादा लगाइ बधाई दिइन्।
उनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताहरूले खादा ओढाइ बधाइसँगै सफल कार्यकालकाे शुभकामना दिए।