काठमाडाैं — प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्। आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो।
नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वा्चित गरियोस् भनेर सोमबार प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए। नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए।
गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो। निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए।
सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनेछिन्।