काठमाडौं– संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल भएकाे छ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष काँग्रेसका सभापति शेरबहादुर देउवाबीचकाे छलफल सकरात्मक भएपनि निष्कर्शविहिन भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति र दुवै आयोगसँग सम्बन्धित विधेयक अगाडि बढाउने विषयमा छलफल भएकाे हाे।
साथै बैठकमा कांग्रेस सभापतिले उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने प्रस्ताव गरेकाेसमेत जनाइएको छ।