चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रहितलाई सर्वोपरी राखेर मात्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्न सकिने जनाएका छन्। एमसीसीबारे पार्टी सचिवालय र स्थायी कमिटी बैठकमा पर्याप्त छलफल भएकाले दाहालले राष्ट्रिय हितअनुकूल हुनेगरी संसद्बाट अनुमोदन गर्न सकिने
उनले भने, ‘राष्ट्रहितमा कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गर्नेछौँ।’ शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इन्डो– प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको जनाए।
एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भएको भन्दै नेकपाका केही नेताले सो सम्झौतामा प्रश्न उठाएका छन्। प्रचण्डले यो विषय सबै स्पष्ट भएपछि मात्र टुंगिने बताएका छन्। एमसीसीबारे पछिल्लो समय काठमाडौंस्थित अमेरिकी दूतावासले १० बुँदे स्पष्टीकरण दिएको छ।