एजेन्सी– मुम्बाई बेस मोटर कम्पनी स्ट्रोम मोटर्सले कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०२० मा आफ्नो पहिलो इलेक्ट्रीक कार ‘आर–३’ सार्वजनिक गर्ने भएको छ। अमेरिकाको लस भेगासमा आयोजना हुने उक्त शोमा कम्पनीले ‘आर–३’ लन्च गर्ने भएको हाे।
कम्पनीले आर–थ्रीको पहिलो प्रटोटाइप भने २०१८ अप्रिलमा भारतमा प्रदर्शनी गरेको थियो। कम्पनीले फेब्रअरी २०२०बाट यो इलेक्ट्रीक कारको भारतीय बजारमा प्रि–बुकिङ खुल्ला गर्ने जनाएको छ। कम्पनीले ल्याउदै गरेको स्ट्रोम आर–३ मा अगाडि दुई चक्का रहेका छन् भने पछाडि एउटा मात्रै चक्का दिइएको छ। यसको लम्बाई २९०७ एमएम, चौडाई १४५० एमएम र उचाई १५७२ एमएम रहेको कम्पनीका संचालक प्रतिक गुप्ताले जनाएको छ।
यो यूनिक कारमा २०१२ एमएमको ह्वीलवेस दिइएको कम्पनीले जनाएको छ। यसमा दिइएको मोटरले १७ बीएच पावर र ४८ एनएम टर्क प्रदान गर्छ। यसमा सिंगल स्पीड प्लेनेटरी गियरबक्स दिइएको छ। कम्पनीले यसमा २०० किलोमिटर रेञ्ज प्रदान गर्नेगरि व्याट्री प्याक प्रदान गरेको छ।
यो कार विशुद्ध सहरी क्षेत्रको लागि डिजाइन गरिएको हो। ग्राहकले दैनिक ५० देखि ८० किलोमिटरसम्म यसलाई प्रयोग गर्ने छन्। यसरी हेर्दा हरेक ३ वा ४ दिनमा एक पटक चार्जगर्दा पुग्ने छ। जसलाई घरायसी प्रयोगको १५ एम्पायरको बिजुलीमा चार्ज गर्न सकिने छ। करिब ३ घन्टामा यसलाई सहजै चार्ज गर्न सकिने छ।
साथै यसमा म्युजिक सिस्टम, २० जीवी अनबोर्ड म्युजिक स्टोरेज, वाईफाई कनेक्टीभिटी, किलेस इन्ट्रि, रियर क्यामेरा, पावर विन्डो र तिन सिटमा सिटबेल्ट दिइने कम्पनीले जनाएको छ।
यद्यपी कम्पनीले अहिल्यै यसको मूल्यका विषयमा कुनै जानकारी दिएको छैन।