काठमाडौं — ज्योति विकास बैंकले सोमबार एकै दिनमा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाण्डौ महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा जनतामाझ बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका सथ ३ नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो। ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेलस्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन्। त्यस्तै ज्योति विकास बैंकको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाइलास्थित शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक सेयरधनी ध्रुव कुमार उप्रेतीले गरे।
बैंकको काठमाण्डौ महानगरपालिका वडा नं ७, रातोपुल शाखाको उद्घाटन सञ्चालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गरेको बैंकले जनाएको छ। उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले व्यावासायिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको बताए।
हाल ज्योति विकास बैंकले १ सय २ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको बताए। साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा बैंक रहेको बताएका छन्।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१ अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्बभन्दा बढी लगानी गर्न सफल भएको छ।