काठमाडौं — आज मंगलबार सुनको भाउ तोलामा २ सलये बडेर ७३ हजार ५ रुपैयाँ पुगेको छ।
सुनचादि व्यवसायी महासङगा अनुसार १५ दिनमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको हो। यो भाउ अहिलेसम्मकै महँगो भाउ हो।
यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको महासङ्घअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।
गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैयाँ बढेको छ। यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ।