एजेन्सी– मेसेजिंग एप ह्वाट्सएपले यूजर्सका लागि डार्क मोड फीचर रोलआउट गर्न शुरु गरेको छ। हाल यो फीचर केबल एन्ड्रोयड यूजर्सलाई मात्र उपलब्ध हुनेछ भने केहि समयपछि आईओएस यूजर्सलाई पनि उपलब्ध गराउने उल्लेख गरेको छ।
यसअघि बीटा भर्सनमा उपलब्ध रहेको सो डार्क मोडका लागि सेटिंगमा गएर अन गर्न सकिन्छ। हाल डार्क मोडको अपडेट छानिएका यूजर्सलाई मात्र उपलब्ध गराएको छ। कम्पनीले सो परीक्षणपछि सबैका लागि उपलब्ध गराउने छ। ह्वा्टसएपको डार्क मोडले रातीको समयमा सो एप चलाउन सजिलो हुनेछ भने फोनको ब्याट्री समेत बचत गर्नेछ।
ह्वाट्सएपको डार्क मोड आईओएसका लागि भने केहि समयपछि मात्र आउने छ।