एजेन्सी– यामाहा मोटर्सले एमटी–१५ मोटरसाइकललाई नयाँ इन्जिन र कलर अप्सनमा ल्याउने भएको छ। बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ।
यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रिहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ। यो मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्छ।
यसको इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच लगाइएको छ। एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ।
साथै मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ।
नेपाली बजारमा बिक्री वितरण हुँदै आएको यो मोटरसाइकलको रेगुलर मोडलको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ। नयाँ इन्जिन युक्त मोटरसाइकलको मूल्य रेगुलर मोडलभन्दा केही महंगो हुने कम्पनीलृ जनाएको छ।