काठमाडौँ– किया मोटर्सले नेपालमा आफ्नो नयाँ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ। किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको हो।
किया सेल्टोसमा मुख्य गरी प्रोजेक्टर हेडल्याम्प, प्रोजेक्टर फगल्याम्प, ईबीडी र एबीएससहितको डुअल एयरब्याग, १० इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट, एन्ड्रोइड अटो, एप्पल कारप्ले र भ्वाइस रिकग्निसन, ब्लुटुथ र स्टिअरिङ माउन्टेड कन्ट्रोल, रियर पार्किङ सेन्सरसहितको रियरभ्यु क्यामरा, ड्राइभिङ रियर भ्यु मोनिटर, इलेक्ट्रिक टर्न इन्डिकेटर, रुफ रेल, रियर एसी भेन्टलगायतका फिचरहरु रहेका छन्।
त्यस्तै बीओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, डी कट स्टेरिङ, युभी ग्लासजस्ता विशेषता छन्। नेपालमा हुन्डाईको क्रेटा, निसानको किक्स, जिम कम्पास १।४ लाई सेल्टसको प्रतिस्पर्धी मानिएको छ।
सेल्टोसका ६ भेरिएन्ट भए पनि हाल नेपालमा ४ भेरियन्टका गाडी नेपाली बजारमा उपलब्ध हुने जानकारी दिएको छ। सार्वजनिक भएका सबै गाडी पेट्रोल इन्जिनमा छन् भने एचटीकेप्लस डिजेल इन्जिनमा रहेको छ।
कम्पनीले सेल्टोसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरिएन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकेको छ। पेट्रोल इन्जिन भएका एचटीके ४९ लाख ९० हजार, एचटीके प्लस ५३ लाख ४० हजार, एचटीएक्स ५९ लाख ९० हजार र एचटीएक्स प्लसको ६६ लाख ९० हजार रहेको छ। डिजेल इन्जिनमा रहेको एचटीके प्लसको मूल्य ५७ लाख ९० हजार रहेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले नेपालमा नाडा आटो शो २०१९ बाट बुकिङ सुरु गरेको थियो। जसमा २ सयभन्दा बढी बुकिङ भइसकेको बताएको थियो। भारत–६ इन्जिन जडित कियाको ग्लोबल मोडल हो। यसले विश्वभरका मिड एसयूभी पारखीबाट उत्साह जनका प्रतिक्रिया पाएको छ। सेल्टोस पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बोचार्ज्ड अप्सनमा रहेको छ।
डिजेल भेरिएन्टतर्फ यो कारको हर्सपावर ४ हजार आरपीएममा ११५ पीएस, अधिकतम टर्क १५ सयदेखि २७ सय ५० सम्म आरपीएममा २५० एनएम रहेको छ। त्यस्तै पेट्रोलतर्फ यो कारको हर्सपावर क्षमता ६ हजार आरपीएममा १४०पीएस÷११५ पीएस, अधिकतम टर्क क्षमता १५ सयदेखि ३२००र४५०० आरपीएममा २४२ एनएमर१४४ एनएम रहेको छ।