काठमाडौँ– स्कुटर अफ द इयरको अवार्ड बिजेता टीभीएस एनटर्क १२५ को रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुलेको छ। नयाँ बर्ष २०२० लाई लक्षित गरेर नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको टीभीएसको आधिकारकि वितरक जगदम्बा मोटर्सले जानकारी दिएको हो।
नेपाली बजारमा लोकप्रिय रहेको एनटर्क १२५ को रेस अडिसन नेपाली बजारमा प्रतिक्षित स्कुटर रहेको छ। एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ। हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको छ। टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ। एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ। आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ।
सार्वजनिक भएको छोटो समयमा चार लाखको माइलस्टोन पुरा गरेको यो स्कुटरले सुजुकी एसेस, होन्डा ग्राजिया जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ। कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन।
नेपाली बजारमा एनटर्क रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकेको छ। रेस एडिसन खरिद गर्न चाहाने ग्राहकले नेपाली भरि रहेको टीभीएसको आधिकारीक शोरुममा सम्पर्क गरेर बुकिङ गर्न सक्नेछन्।