काठमाडौं– नेपालमा इलेक्ट्रीक सवारीसाधनको बिक्री वितरण गर्दै आएको दिगो ग्रुपले केही समय अगाडिमात्रै दुई ब्याट्री अप्सनमा उपलब्ध ‘दाय इभी’ ल्याएको यो ग्रुपले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको ‘दिगो इ ८’ अब भने बिक्री सुरु गर्ने भएको छ।
प्रतिघन्टा ६० देखि ७० किलोमिटरको टपस्पिड क्षमता भएको यो कारले सिंगल फुल चार्जमा २ सय किलोमिटरको रेन्ज प्रदान गर्छ। यो कारलाई ७.५ किलोवाटको एसी मोटरसंगै १४.६ किलोवाटको लिथियम आयन फोस्फोरसले पावरट्रेन प्रदान गर्छ। यसले अधिकतम १५० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ।
स्टान्र्डड र इकोनमिकल ड्राइभिङ अप्सन भएको दिगो इ ८ मा ब्रेकिङ ओरभिएम, हिल असिस्ट कन्ट्रोल, रिजेनेरिटीभ ब्रेकिङ सिस्टम, पावर विन्डो, एसी भेन्ट, हिटर ब्याट्री म्यानेजमेन्ट सिस्टम, फग ल्याम्प, एबीएस, इबीडी जस्ता विभिन्न सुविधा दिइएको छ।
यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने, लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ। २३४५ एमएम ह्वीलवेश भएको यो कारमा पाँच जना प्यासेन्जर अट्न सक्नेछन्।
नेपाली बजारमा यो कार १८ लाख ९५ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ।
PIC: AutoNCell