काठमाडौं। सामुदायिक विद्यालयले नियम विपरित शुल्क लिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सामुदायिक विद्यालयले नियम विपरित शुल्क लिएको भन्दै कानूनका विद्याथीहरु विकास कुमार गुप्ता, सिमा केसी र राम रतन सिंहले बिहीबार अदालतमा रिट दायर गरेका हुन्।
गैरकानूनी रुपमा सामुदायिक विद्यालयले विभिन्न शिर्षकमा असुल्दै आएको कार्य रोक्न रिट निवेदनमा माग गरिएको छ।
उक्त रिटको सुनुवाइका लागि अदालतले आइतबारको पेशी तोकेको निवेदक गुप्ताले जानकारी दिए।
संविधान तथा विभिन्न ऐन कानूनमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा पाउने व्यवस्था गरिएको छ।
तर, वीरगंज महानगरपालिकामा रहेको माइस्थान विद्यापिठ, सुरजी देवी माद्यमिक विद्यालय, नृसिंह माद्ययमिक विद्यालय, त्रिभूवन मावि, ललितपुरको श्रमजीत किशोर मावि, काठमाडौंको गीतामाता मावि, धनगढीको त्रिनगर माविले नियम विपरित विद्यार्थीसँग शुल्क लिने गरेकोको उक्त कार्य रोक्न माग गरिएको छ।