ललितपुर। १० वर्षीया र ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मा रहेका छन्।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कार गरेको उजुरीपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।