विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा पूरा गर्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए ।
त्यस्तै, आशिफ शेखले ४०, कुसल भुर्तेलले ६, रोहित पौडेलले ६ र शरद भेषवाकारले अविजित १ रन बनाए ।
ओमानको ब्याटिङ
यसअघि नेपालले अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।
ओमानका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर छुन सके । कप्तान जेशन मक्सुदले ४१, ओपनर जतिन्दर सिंहले १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन बनाए ।
नेपालको बलिङ
नेपालका लागि सन्दीप लामिछान र करण केसीले ४/४ र शरद भेषवाकरले २ विकेट दिए ।
८ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै २५ रन खर्चे । ८ दशमलव १ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चे ।
शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । ओडिआइ क्रिकेटमा शरदले पहिलो विकेट लिएका हुन् ।
वाटमोरको सुखद् विदाइ
आजको खेल मुख्य प्रशिक्षक डेभ वाटमोरको नेहतृत्वमा अन्तिम हो । अन्तिम खेलमा सानदार जित निकाल्दै नेपालले वाटमोरको सुखद् विदाइ गर्यो ।
योसँगै नेपालले यो श्रृंखला २ जित र २ खेलमा हार व्यहोर्दै टुङ्ग्याएको छ ।
आजको जितसँगै नेपाल विश्व कप क्रिकेट लिग–२ को अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।