भारतीय क्रिकेट टीमका स्पिनर युजवेन्द्र चहल तथा कृष्णप्पा गौतम कोरोना संक्रमित भएका छन् । यी दुबै खेलाडी श्रीलंका भ्रमणमा गएको भारतीय टीमका सदस्य हुन् ।
चहल तथा गौतम अलराउण्डर क्रुणाल पाण्ड्याको सम्पर्कमा आएका थिए । क्रुणाललाई तीन दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
चहल तथा गौतमबाहेक हार्दिक पाण्ड्या, सूर्यकुमार यादव, पृथ्वी शाह, मनीष पाण्डे तथा ईशान किशन पनि क्रुणालको सम्पर्कमा आएका थिए । तर ,यी सबैको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
यी सबै खेलाडीहरु श्रीलंकाविरुद्धको दोस्रो तथा तेस्रो टी–२० मा टीम इन्डियाको अन्तिम–११ मा थिएनन् ।
क्रुणाललाई कोरोना पोजिटिभ पाइएपछि भारत र श्रीलंकाबीचको दोस्रो टी–२० एक दिनका लागि स्थगित गरिएको थियो ।