काठमाडौं– सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको क्रममा यादवको स्वास्थ्य मन्त्रीको पद खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।
यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, ‘यो प्रधानमन्त्रीको विशेषाधिकार हो, परामर्श गरिरहनु पर्दैन। अनुभवी नेता बनोस् भनेर यहाँ पठाउनुभयो। अलि बढी नै माया गर्नुभयो।’