काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नै नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए। पोखराको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले सरकारप्रति आक्रोश पोखेका थिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेको देउवाले शनिबार दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको सरकार पक्षीय नेताहरुले जनाएका छन्। सामाजिक सञ्चालमार्फ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले देउवाको उक्त भनाईलाई लिएर कडा प्रतिक्रिया जनाएका छन्।
यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली कांग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य रहेको प्रतिक्तिया दिएका छन्। समाजिक सञ्जाल ट्विटरमा उनी लेख्छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपित गर्दै पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ। तात्कालिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ, अझै चेतेनन्।’
त्यस्तै सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोलुकव्रसाद बास्कोटाले पनि देउवाको आरोपमा कडा खण्डन गरेका थिए।
नारायणकाजी श्रेष्ठकाे ट्वीट