काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा बैठक बस्दैछ।
आइतबार पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको समितिको बैठक लागि बोलाइएको हो।
मंसिर १ गते आइतबार समितिले पदाधिकारीका लागि उम्मेदवारी दिएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो। नाम सर्वाजनिक गर्दै समितिले उनीहरुविरुद्ध दाबी–विरोध भए उजुरी गर्न पाँच दिनको समय पनि दिएको थियो।
उम्मेदवार विरुद्ध परेका उजुरीको छानबिन तथा सुनुवाई गरी आयोगका लागि पदाधिकारी सिफारिस गर्ने प्रक्रियाका लागि आइतबार बैठक बोलाइएको हो।