बर्दिवास– के.सी. लामिछाने उपभोक्ता हित संरक्षण मञ्चको प्रदेश न.२ को अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन्। शनीवार उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको महोतरीको बर्दिवासमा भएको प्रदेश भेलाले लामिछानेलाई प्रदेश अध्यक्षमा चयन गरेको हो।
कार्यक्रममा मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी,केन्द्रीय सदस्य धिरज शर्मा र दिनेश के.सी.ले नवनिर्वा्चित कमिटीलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए।
मंचका केन्द्रीय सदस्य धिरज शर्माको अनुसार हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष तथा प्रदेश न.२ का संयोजक अजय कुमार अधिकारीको अध्यक्षतामा भएको भेलाले निर्माण गरेको प्रदेश समितिको उपाध्यक्षमा दिनेश गिरि (बारा) सचिवमा गुन्जन राय (धनुषा) कोषाध्यक्षमा सुधीर मल्लीक (महोतरी) सदस्यमा टिका घिमिरे ( रौतहट ) निशा हमाल ( सर्लाही ), मनु खनाल ( सप्तरी ), जिवछ चौधरी ( सिरहा) र अरुण खनाल (बारा) चयन भएका छन्।
मंचको पहिलो बैठक आज सम्पन्न भएको छ। सो बैठकले भोज प्रसाद फूयाल महोतरी र किशोर शर्मा बारालाई सल्लाहकार बनाएको छ। त्यस्तै सचिवालय समेत निर्माण गरिएको छ। सचिवालयमा के.सी.लामिछाने, दिनेशचन्द्र गिरी, गुन्जन राय, सुधीर मल्लीक र जीवच्छ चौधरी रहेका छन्।
उपभोक्ता हित संरक्षण मञ्च बर्दिवास नगर कार्य समिति गठन भएको छ। निर कमल कार्कीको अध्यक्षता ११ सदस्यीय कार्य समिति मनोनयन गरेको छ। उपाध्यक्षमा भुवन खड्का, सचिवमा धिरज अधिकारी, कोषाध्यक्षमा गुणहरि घिमिरे, सदस्यहरुमा ललन मन्डल, सन्तोष पाटा, थल बहादुर दर्नाल (सोनु), उरुषा खड्का, ममता सन्याङ्जाली, निर बहादुर थापा र जमुना अधिकारी पोखरेल चयन भएको केन्द्रिय सदस्य धिरज शर्माले बताए। त्यसै गरि सल्लाहकारमा मिन रहपाल र उमेश रिमाललाई मनोनयन गरिएको छ।