काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको बताएका छन्। गृहमन्त्री थापाले सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन प्रतिवद्ध रहेको जनाएका छन्।
‘अन्तर्रा्ष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै उनले नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको बताए। सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको उनको तर्क छ।
सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए। सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने जानकारी दिए।