जनकपुर– पछिल्लो समय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकिकरण हुने खबरहरु आइरहेका छन्। यसैबीच राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले तत्काल पार्टी एकिकरण नहुने जनाएका छन्।
नेता महतोले शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँगको भेटमा पार्टी एकता हालका लागि टरेको स्पष्ट पारेको हुन्। आफूहरुको सरकारमा सहभागि हुने सोच नरहेको र समाजवादी पार्टीले सरकार छाड्न नचाहेको कारण पार्टी एकता अड्किएको उनले बताए।
पार्टी एकीकरणको लागि समाजवादी पार्टीले सरकार छोड्नुपर्ने बताउँदै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको जनाए। सरकारले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई र कार्यकर्तामाथिको मुद्दा फिर्तासहितका मागप्रति वेवास्ता गरेकोले सरकारमा सहभागि नहुने उनले जानकारी दिए।