काठमाडौं– उपनिर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता सरकारले नै पालना नगरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ।
कांग्रेसले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिताको सरकार पक्षले उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले बिहीबार विज्ञप्ती जारी गर्दै आचारसंहिताको पूर्ण पालना गराउने तर्फ आयोगलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
१४ मंसिरमा हुने समितिका उपनिर्वाचनको आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको भूमिका महत्वपूर्ण हुने बताएको छ। उपनिर्वाचनका लागि निर्वाचन आयोगले ८ कत्तिकदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो।