काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने विषयमा ध्यान केन्द्रीत गर्ने जनाएका छन्।
श्रम मन्त्रालयमा पदवाली गर्दै नवनियुक्त मन्त्री यादवले नेपाली युवालाई पसिना बगाउन मात्र विदेश नपठाउन बताएका छन्।
श्रम मन्त्री यादवको अनुसार सामाजिक सुरक्षा कोषका लागि नीतिगत कानून बनाउन पहल गर्नुपर्छ।
पूर्व मन्त्री गोकर्ण विष्टले अपुरै छोडेका कामहरु पूरा गर्न आफू प्रतिवद्ध रहेको उनले बताए।