काठमाडौं– नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै समाजवाद उन्मुख कार्ययोजना बनाएर एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन्।
बिहीबार मन्त्रालयमा उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ। पुरानो ढर्राले अघि बढ्न सकिन्न।’ सिक्ने र सिकाउने गर्दै मन्त्रालय अघि बढ्ने उनले जनाए। कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भन्ने लक्ष्यले उनले कर्मचारीहरुलाई सचेत पनि गराए।
उनको अनुसार अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ। सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् र यो मन्त्रालयमा अनुशासनहीन काम नहोस्।
दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए। त्यसअघि पनि प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए।